नियम २६
कर चुक्ताको प्रमाणपत्र
(१) कुनै व्यक्तिले निश्चित मितिसम्मको ऐनबमोजिम तिनु पर्ने सम्पूर्ण कर तिरी सकेको प्रमाणपत्र माग गर्न ऐनको दफा ९६ को उपदफा (२) मा उल्लिखित कागजात सहित विभागमा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा निवेदनको कर गणना गणितिय हिसाबले ठिक भए नभएको जाँच गरी र कर विवरण बमोजिम तिर्नु पर्ने कर, शुल्क, व्याज तथा अग्रिम कर कट्टी रकम र व्याज दाखिला गर्न बाँकी भए सो रकम दाखिला गराई कर तिरेको प्रमाणको आधारमा विभागले सो व्यक्तिलाई कर चुक्ताको प्रमाणपत्र दिनु पर्नेछ ।